Home » मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने नागरिक उन्मुक्तिले नदिए बाहिरिने

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने नागरिक उन्मुक्तिले नदिए बाहिरिने

by newnagarikdiary
0 comment

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने नागरिक उन्मुक्तिले नदिए बाहिरिने आज लिदैँ छन् ।

आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने रावल प्रदेश सुचिवालयले बताएको छ । गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावललाई रहेका थियो । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

हाल रेसम चौधरी रिहाईको माग पुरा नभएसंगै विश्वासको मत लिन रावल नेतृत्वलाई सकस परेको छ । सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ ।

नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन्। नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद् सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारबाही अघि बढाउने छ ।

Related Articles

Leave a Comment