Home » फिर्के अतिक्रमण गरी बनाइएका संरचना हटाउन नागरिक समाजाको ध्यानाकर्षण

फिर्के अतिक्रमण गरी बनाइएका संरचना हटाउन नागरिक समाजाको ध्यानाकर्षण

by newnagarikdiary
0 comment

पोखरा । फेवाताललाई प्रदुषणबाट जोगाउनका लागि नागरिक समाज कास्कीले पोखरा महानगरको ध्यानाकर्षण गराएको छ ।

समाजले आज पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङलाई फेवातालको संरक्षणका लागि तत्कालिन र दिर्घकालिन समाधानका उपाय खोज्नका लागि गम्भीर ध्यानाकर्षण गराएको हो ।

समाजले फिर्के बुलौदी खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन पनि माग गरेको छ ।

समाजले फिर्के बुलौदी खोलामा निर्मित चेकड्यामको मर्मत नहुँदा बाढीले बगाएर ल्याएका फोहोरजन्य पदार्थले फेवातालको तल्लो तटीय क्षेत्रका साथै विरुवा फाँट समेत प्रदुषित भएको प्रति चिन्ता व्यक्त गरेको छ ।

बुधबार पोखरा महानगरपालिकाका उपमेयर गुरुङलाई बुझाइएको ध्यानाकर्षणपत्रमा ‘पोखरा–१७ ड्यामसाइस्थित गाइघाटमा जाईकाद्वारा निर्मित चेकड्याम पूर्णरुपमा ध्वस्त भएको र फिर्के–बुलौंदी खोलाले बगाई ल्याउने ढुंगामाटो, रुख लगायत प्लास्टिकजन्य फोहोरमैला सोझै फेवा बाँधमा थुप्रिदा फेवातालको तल्लो तटिय क्षेत्र एवं विरुवा फाँट समेत प्रदुषित हुँदै गएकोमा हामीलाई चिन्तित र लज्जित बनाएको छ ।’ भनिएको छ ।

 

Related Articles

Leave a Comment