Home » पुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख संकलन

पुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख संकलन

by newnagarikdiary
0 comment

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको आठौं दिन (आइतबार) मात्र करिब ५२ लाख ६२ हजार संकलन भएको बरालले बताए । मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए ।
दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। महायज्ञको औपचारिक रुपमा समापन मंगलबार हुने तयारी गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

Related Articles

Leave a Comment