Home » नबिल बैंकको शाखा मालेपाटनमा

नबिल बैंकको शाखा मालेपाटनमा

by newnagarikdiary
0 comment

बैशाख ११ पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए ।
बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको र थप विस्तार गर्ने योजना सुुनाइन् ।
बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ बर्षदेखि ग्राहकहरुकै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकका १ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए ।

Related Articles

Leave a Comment