Home » दोहोरो अंकले बढ्यो सेयर

दोहोरो अंकले बढ्यो सेयर

by newnagarikdiary
0 comment

साताको दोस्रो कारोबारका दिन सेयर बजार दोहोरो अंकसहित बढेको छ ।

सरकार गठन गरेको दिनसंगै बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो ।

उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ ।

Related Articles

Leave a Comment