Home » थापाथलि सुकुम्बासी हटाउन महानगरले माग्यो गृह मन्त्रालयसंग सहयोग

थापाथलि सुकुम्बासी हटाउन महानगरले माग्यो गृह मन्त्रालयसंग सहयोग

by newnagarikdiary
0 comment

थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले गउह संग सहयोग मागेको छ ।

महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न गउह मन्त्रालयलाई अनुरोध गरेको छ ।

पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।

थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा उल्लेख छ

Related Articles

Leave a Comment