Home » गीतकार रोहित घिमिरेको सान्बाबु सार्वजनिक

गीतकार रोहित घिमिरेको सान्बाबु सार्वजनिक

by newnagarikdiary
0 comment

रोहित घिमिरेको आधुनिक गीत सान्बाबु बजारमा आएको छ ।

डिभाइन म्युजिक युट्युब च्यानलबाट रिलिज भएको सान्बाबुमा सीएल शर्माको सङ्गीत, प्रतिमा केसी र प्रविन बेडुवालको आवाज रहेको छ । सदाबहार नायिका केकी अधिकारी र उमेश भट्टको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने उत्सब दाहालको छायाङ्कन रहेको छ । प्रसिद्ध गिटारिस्ट सन्जीव बराइलीको एरेन्जमेन्ट रहेको यस गीतलाई कुलेखानी र चित्लाङको मनोरम दृश्यमा सजाइएको छ । एक दशक बढी समय गिती लेखन यात्रामा करिव ३ दर्जन बढी गीत रेकर्डिङ गराइसकेका घिमिरे अहिलेका व्यस्त गीतकारमा गनिन्छन् । संगीतकार सीएल शर्मासँगको सहकार्यमा उनले थुप्रै गीतहरु रेकर्डिङ गरिसकेका छन् भने केही गीत रेकर्डिङको तयारी हुँदै छ ।

अन्जु पन्त,रचना रिमाल,अस्मिता अधिकारी,प्रतिमा केसी,प्रबिण बेडुुवाल,रवि शर्मा,शिव परियार,प्रताप दास,प्रमोद खरेल,स्वरुपराज आचार्य, राग पौडेल लगायत चर्तित गायक गायिकाले घिमिरेको रचनामा स्वर दिएका छन् । सान्बाबुको चर्चासँगै गीतकार घिमिरेको लेखनले अझै उचाई पाउन देखिन्छ । व्यवसायिक गीतकार बनेर नेपालमा जीवन निर्वाह गर्ने संभावना कम भए पनि आफ्नो सानैदेखिको रुची साहित्य र गीतमा भएकोले जीवनको अन्तिम क्षणसम्म पनि गीत लेखन यात्रा निरन्तर अगाडि बढाउने घिमिरे बताउँछन् ।

Related Articles

Leave a Comment