Home » गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२ काे बजेटमा कानुनी मान्यता  

गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२ काे बजेटमा कानुनी मान्यता  

by newnagarikdiary
0 comment

शिर्षक: गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२ काे बजेटमा कानुनी मान्यता  

गाँजाका व्यवसायिक उत्पादनलाई सरकारले कानुनी व्यवस्था मिलाइने जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्दै प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् । 
औषधि

सम्मानित सदनमा राष्ट्रिय सभा सदस्य माननीय विष्णु कुमारी सापकाेटाले गाँजालाई वैधानिक रूपमा खुला गरि अाैषधिजन्य तरिकाले व्यवसायिक उत्पादनकाे बाटाे खाेल्न प्रश्ताव राख्नभएकाे थियाे | उहाँले नेपाली अर्थतन्त्रलाई बलियाे बनाउन र लाखाैकाे संख्यामा राेजगारि सृजना गर्नलाई गाँजा खेतिलाई वैधानिक मान्यता दिएमा सम्भव हुने बताउनुभएकाे थियाे | यहि प्रश्तावलाई सरकारले महत्त्वका साथ कानुनी रूपमा खुला गरिने भन्दै बजेट वक्तव्य मार्फत मान्यता दिएकाे छ | 

नेपालमा लामो समयदेखि गाँजा खेतीलाई वैधानिक गरिनुपर्ने माग उठ्दै आएको छ । संयुक्त राष्ट्रसंघले समेत गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाएको छ । विश्व स्वास्थ्य संगठनकाे शृंखलाबद्ध सुझावपछि गाँजालाई राष्ट्रसंघीय लागूऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागूऔषधको सूचीबाट हटाएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने भनिएकाे मात्र थियाे भने अहिले कानुनी रूपमा खुला गर्ने बताईएकाे छ | 

Related Articles

Leave a Comment