Home » आयोजक हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

आयोजक हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

by newnagarikdiary
0 comment

पोखरा । पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरे ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो । खेलको दशौं मिनेटमा हेम्जाका सुनिल विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले । पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई सन्जोक केसीले उत्कृष्ट पास दिएपनि उनले भेट्न सकेनन् । १२ औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बिचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उक्त बलमा पाएको कर्नरमा कप्तान आसिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिदा अग्रता लिने अर्को अवसर गुमेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिएपनि दोस्रो हाफको ८ औं अर्थात खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए । दोस्रो हाफमा भने खुमलटारको प्रदर्सन निकै खस्किएको थियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।

हेम्जाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । उता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए । उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिए ।

प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुदैँछ । असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको छ । हेम्जा एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।

 

Related Articles

Leave a Comment