Home » अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा एक्सेस प्लानेटकाे तालिम

अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा एक्सेस प्लानेटकाे तालिम

by newnagarikdiary
0 comment

अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा एक्सेस प्लानेटकाे तालिम

अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि कार्यरत महिला मानव अधिकार रक्षकहरूका लागि ५ दिने “अपाङ्गता समावेशिकरण, महिलावाद, कानुन र मानव अधिकार” सम्बन्धी प्रशिक्षार्थी प्रशिक्षण(Training of Trainers) तालिम सम्पन्न

एक्सेस प्लानेट संस्थाले यही मिति २०८१ साल जेठ १६-२० गते लुम्बिनी प्रदेशका अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि कार्यरत महिला मानव अधिकार रक्षकहरूका लागि ५ दिने “अपाङ्गता समावेशिकरण, महिलावाद, कानुन र मानव अधिकार” सम्बन्धी प्रशिक्षार्थी प्रशिक्षण(Training of Trainers) तालिम सम्पन्न गर्यो । USAID / The Asia Foundation, Civil Society and Media सँगको साझेदारीमा सञ्चालित उक्त तालिममा लुम्बिनी प्रदेशका २१ जना महिला मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।

उक्त तालिम पश्चात् महिला मानव अधिकार रक्षकहरूमा लैङ्गिकता, महिलावाद , अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय कानून, पैरवी विषयमा ज्ञान र सीप प्राप्त भई लुम्बिनी प्रदेशका अपाङ्गता भएका महिलाको न्यायमा पहुँचका लागि सङ्गढित भई कार्य गर्न सञ्जाल विस्तारमा महत्वपुर्ण टेवा पुर्याउने विश्वास संस्था की कार्यकारी निर्देशक लक्ष्मी नेपालले बताइन् ।

लक्ष्मी नेपाल आफैँ एक दृष्टिबिहिन महिला हुन् । उनले आफू जस्तै महिला तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि कार्य गर्दै आएकी छिन् ।

एक्सेस प्लानेट संस्थाले विशेष गरी अपाङ्गता भएका किशोरी तथा महिलाहरूका हक अधिकारका निम्ति काम गर्दै आएको र आफू पनि अपाङ्गता भएकै कारणले लक्ष्मीलाई यस छेत्रमा लाग्नमा प्रेरणा मिलेको ऊनले बताइन् ।

अपाङ्गता भित्र पनि विशेष गरि बालिका तथा महिला अझै धेरै पछाडि परेका छन् र उनीहरूलाई अघि ल्याउने हेतुले निर्देशक नेपाल यस छेत्रमा लाग्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको प्रतिनिधित्व गर्दै आएकी छन् । हरेक मानिसले मर्यादित जीवन बाच्न पाउनु पर्छ । जसका निम्ति हामी आफैँमा एक दृड विश्वास हुनका साथै राज्य लगायत सबै निकायको साथ सहयोग चाहिने कुरा नेपालले बताइन् ।

Related Articles

Leave a Comment