Home » रहेनन् शताब्दी पुरूष सत्यमोहन जोशी

रहेनन् शताब्दी पुरूष सत्यमोहन जोशी

by newnagarikdiary
0 comment

 

अल बिदा

शताब्दीपुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।

किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।

Related Articles

Leave a Comment