Home » भाबुक पुनको “परदेशी” गीत सार्बजनिक 

भाबुक पुनको “परदेशी” गीत सार्बजनिक 

by newnagarikdiary
0 comment

दक्षिण कोरिया, दीपेन्द्र प्रकाश वली

रुदै छु समुन्द्र पारी, मायालु सङ्ग भेट्ने आस नमारी

पर्खी बसे आउँछु फर्की गाउमा,

आँशु झर्या नदेखु दुःख पाको नसुनु तिमि बस्ने गाँउमा

रोजगारीको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका रुकुमेलि गायक भाबुक पुनको दोश्रो लोक दोहोरी कोसेली “परदेशी” बोलको गीत र भिडियो सार्बजनिक भएको छ । अत्यन्त मार्मिक शब्द रहेकाे गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक भाबुकको स्वर रहेको छ। गितकाे शब्द संगीत पनि भाबुक पुन आफैले गरेका हुन ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गितमा खडक बाजुरालीले मिक्सिंग,मास्टरिङ्ग गरेका छन । गित मालाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो । बिनोद भण्डारीको निर्देशनमा बनेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन भने सम्पादन मनोज कार्कीको रहेकाे छ । भिडियोमा लोकप्रिय कलाकार सारिका केसी र ओबी राईमाझिले अभिनय गरेका छन । भिडियो सुभारम्भ डिजिटल म्युजिक नामकको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ।

 

Related Articles

Leave a Comment