Home » दशैँ आफन्त सँग नजीक हुने सुवर्ण अवसर हो

दशैँ आफन्त सँग नजीक हुने सुवर्ण अवसर हो

by newnagarikdiary
0 comment
याद आयो भने आँखा बाट आँसु नझार्नु,

भेटभएन भनी,निरास् अनी-दु:खी मन नगर्नु,      

कमला केसी

दशैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ समग्रमा असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा दशैं मनाइन्छ।

मेरो कुरा गर्नु पर्दा लगभग ७ बर्ष भयो दशैंमा घरपरिवारसंग संगै हुन नपाएको त्यसले हाेला यतिबेला मलाई खानाको परिकार, चंगा, झन्डिबुर्जा खेलाई, लट्टा पीङ खेलेको, साथिभाई, आफन्त संगै घरघर डुलेर टीका, आशिर्वाद थापेको पलहरुनै धेरै सम्झना आउछ ।

बिदेशमा रहेपनि आम नेपालीहरुले आफ्ना रितीरिवाज, संस्कार र संस्कृतिलाई निरन्तरता दिएका छन् । नेपालीहरु बिश्वको जुनसुकै ठांउमा रहेपनि नेपाली संस्कार, संस्कृति र रितीरिवाजलाई अंगालेर चाडपर्व मनाईरहदा प्रवासको दशैंमा ठ्याक्कै घरदेशको जस्तो रौनक नभएपनि मिलेसम्म सामग्री जुटाएर साथिभाई भेला भएर मनाउदैं गर्दा केही फरक अनुभुती त हुन्छ नै

सबैको कामको समय मिलाउनुपर्ने ब्यस्तताका बिचमा पर्व मनाउनुपर्ने बाध्यताले गर्दा समयमा नै टिका लगाउने भन्ने हुँदैन, आफ्नो समय अनुकुल टिका जमरा लगाउने चलन छ नेपालमा जस्तै सबैतिर पुगेर टिका आशीर्वाद थाप्नपनि संभव हुँदैन कुनै निश्चित ठाउँमा भेला भएर दशैं मनाईने हुनाले अलि फरक त हुन्छ नै ।

यसपालीको दशैंको सुन्दर वातावरणमा विशेष अवसरमा तपाई हाम्रो जीवनशैली अरुको लागि प्रेरक तथा गन्तव्य बनोस् यस परम्परसंग हामी आफनो लगाव अझ बढाऔं मान्छेहरुको हृदयमा एकअर्काको लागि प्रेम भर्ने यो एउटा सर्वोत्कृष्ट समय बनेको छ देवी दुर्गाको आशिर्वादले सबै भन्दा राम्रो समय, राम्रो स्वास्थ्य, राम्रो भाग्य र सफलता, राम्रो सम्बन्ध, राम्रो जीवन, समृद्धि तपाईको जीवनमा हरपल होस् हिंसारहित विजयादशमीको शुभकामना । नेपाल जान नपाउने प्रवासीहरुले पनि आफ्नै कर्मथलोमा दशैंलाई रमाइलो किसिमले मनाउने प्रयास गरौं परम्परालाई निरन्तरता दिदै सकभर सबै दु:ख भुलेर जहाँ जसरि संभव हुन्छ चाडपर्व मनाउ फेरि पनि सबैमा शुभकामना !

सचिव नेपाल पत्रकार महासंघ कोरिया शाखा

सम्झना शर्मा

दशैँ एउटा धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई, आफन्त र साथीभाइ संग भेटघाट तथा सुख-दुख र हाँसो-खुसी साटासाट गर्ने सुवर्ण अवसर पनि हो। सबैको एकोहोरो जिबन सैलि बाट केहि दिनको लागी भएपनि आराम लिएर,मिठा-मिठा परिकार खाने र रमाउने चाड हो दशै।

तर प्रवास मा चाडबाड घरदेश मा जस्तो हुँदैन, कामको ब्यस्तता र फरक संस्कृति मा आफ्नो दिनचर्यालाई उठबस गराइरहेका प्रवासी हरूले चाहेर पनि आफ्नो घर मा हुँदा जस्तो दशैँ मनाउन सम्भब हुन्न र सबैभन्दा बढि आफ्नो परिवार र बालापन का उल्लासमय दिनहरू सम्झन्छन्।

प्रवास मा रहदै गर्नुभएका सम्पुर्ण नेपालीहरूमा नेपालीहरूको महान् चाड बिजया दशमी को लाखौँ लाख शुभकामना सहित आफू जहाँ जुन अबस्थामा भएपनी आफ्नो समयानुकूल यस महान् पर्व लाई रमाइलोसँग मनाउनको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाई राख्न अनुरोध गर्दछु।

हाल दक्षिण कोरिया 

झुमा डाँगी

अबिभावक् हरुको आशिस् लिने र आफन्त हरु सँग भेटघाट गर्ने सुखदु:ख साट्ने पर्बकाे रूपमा दशैंलाई बुझेकी छु यो समयमा एउटा छुट्टै प्रकारको आनन्द र खुशी मिल्छ ।

म परको देशमा रहँदै गर्दा दशैँमा सबैभन्दा बढी त गाउ -घरपरिवार , सङ्गै टिका-जमरा ,दक्षिना ठुला-बडाको आशिर्बाद् समग्रमा भन्नुपर्दा सबैकुरा याद आउछ जो परदेशमा पाइँदैन ।

घरदेश जस्तो परदेश पक्कै पनि हुँदैन धेरै कुरामा फरक छ, घर-परिवार सङ्गै बसेर खादा जती मिठो अनी रमाइलो हुन्छ परदेशमा त्यो फिक्का महशुस् हुन्छ । कामको थकाई अरु कुराको तनाब् सबैले रमाउने समय निकाल्न पनि मुस्किल हुन्छ ।

याद आयो भने आँखा बाट आँसू नझार्नु,        भेटभएन भनी ,निरास् अनी-दु:खी मन नगर्नु, 
भोलिको खुशी खोज्न ,संघर्स गर्दैछौ आज 
बा-आमाको बिस्वास् र आशालाई नमार्नु !

       शूभकामना!
मौलाओस् जीन्दगी,जमरासरी
फुलोस् हासो, मखमली सरी
चम्किरहोस भाग्य हिउ सरी।
फैलिरहोस खुशी ,जगतै भरी।

अन्तमा नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै-सबैमा बिजया दशमी २०७९ को मङ्गलमया शुभकामना !

हाल जापान 

 

Related Articles

Leave a Comment