Home » भाइरल पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

भाइरल पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

by newnagarikdiary
0 comment

काठमाडौँ : नेकपा एमालेका नेता तथा सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर  द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् ।

आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी सहित दश जना एमाले नेता र कार्यकर्ता  माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

 

Related Articles

Leave a Comment