Home » समानुपातिकको बन्द सूचीबाट हटाइयो महराको नाम

समानुपातिकको बन्द सूचीबाट हटाइयो महराको नाम

by newnagarikdiary
0 comment

छोरी प्रगति महरा लुम्बिनी प्रदेश सभा संसदका लागि समानुपातिकमा सिफारिस 

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैंले नाम हटाउन लगाएको स्रोतले बतायो।

उनि२०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्। महरा २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

६ पटक मन्त्री र एकपटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।

यसैबिच महराकी छोरी प्रगति महरा लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।

महराले माओवादी केन्द्रको सांस्कृतिक मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी ‘जनयुद्ध’मा समेत भूमिगत थिइन्। महराका दुई छोराछोरीसहित सिंगो परिवार ‘जनयुद्ध’मा भूमिगत भएको थियो।

Related Articles

Leave a Comment