Home » सर्लाही ४ बाट चुनाब लड्ने गगन थापाको तयारी

सर्लाही ४ बाट चुनाब लड्ने गगन थापाको तयारी

by newnagarikdiary
0 comment

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।

महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् ।

त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् ।

सर्लाहीका सभापतिदेखि नेता कार्यकर्ताले पटक पटक गगनको घरमा आएर सर्लाही बनाउने जिम्मा तपाईको भन्दै आग्रह गरेपछि ती नेता कार्यकर्ताको आग्रह टार्न नसकेपछि उनले सर्लाहीबाटै उम्मेदवारी दिने भएका हुन् ।

गगनले पनि सर्लाही आफ्नो घरजस्तो भएकाले चुनाव लड्न आउन सक्ने संकेत गरेका थिए ।

Related Articles

Leave a Comment