Home » जब अायुक्तले गाएकाे गीत निर्वाचन अायाेगले हटायाे

जब अायुक्तले गाएकाे गीत निर्वाचन अायाेगले हटायाे

by newnagarikdiary
0 comment

काठमाडौं कार्तिक ५ | निर्वाचन अायाेगले निर्वाचन सम्बन्धितअायुक्तले गाएको गीत हटाएको छ |

निर्वाचन आयोगले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निर्वाचन शिक्षासम्बन्धी एक भिडियो अपलोड गर्‍यो तर सुर, ताल नमिलेको, गायक गायिकाको स्वर राम्रो नभएको, समावेशी चरित्रको नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भएसंगै ।शनिबार विहान १० नबज्दै उक्त भिडियो हटाएकाे छ ।

भिडियो हटाएपछि निर्वाचन आयोगले सामाजिक सजालमार्फत नै प्रष्टीकरण दिँएकाे छ | परिमार्जनका लागि उक्त सामग्री हटाएको बतायो । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यसअगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं’ आयोगले शनिबार दिउँसो सामाजिक सञ्जालमा राखेको सूचनामा भनिएको छ ।

Related Articles

Leave a Comment