Home » अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत

अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत

by newnagarikdiary
0 comment

अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत

रेसुङ्गा नगरपालिकाले २०८१/८२ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ |

रेसुङ्गा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रम सम्मानित १५ औं नगरसभामा प्रस्तुत गरेका छ । समृद्ध अनि समुन्नत नगर निर्माणका निम्ति धेरै क्षेत्रहरुबाट प्रत्यक्ष छलफल सम्वाद र सूचना प्रविधिको माध्यमबाट अमुल्य सुझावहरु लिंदै नीति तथा कार्यक्रम पेस गरेकाे नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयाे |
प्राप्त सल्लाह हरुलाई समेटी निर्माण गरिएको नीति तथा कार्यक्रमहरु केबल एकबर्षे योजनाका लागि मात्र नभई नगरको अल्पकालीन आवश्यकतालाई परिपुर्ति गर्दै दीर्घकालिन र दिगो विकासको लक्ष्य प्राप्तिको लागि बलियो आधार बन्ने धारणा पन्थीले राख्नुभयाे । उक्त्त निति तथा कार्यक्रम अब बस्ने नगरसभाको बैठकमा बृहत अध्ययन र छलफल पछि पारित गर्ने तयारीमा जुटेकाे मेयर पन्थीले बताउनुभयाे |

कार्यक्रमलाई बजेट मार्फत कार्यान्वयनमा ल्याइ समृद्ध अनि समुन्नत नगर निर्माणको हाम्रो संकल्प पुरा हुनेमा पुर्ण विश्वास लिएका छौँ । अमुल्य सुझाव र सल्लाह दिनु हुने विषयगत समितिहरु, नगर सभाका सदस्यहरु सहित संवद्ध सम्पुर्णमा हार्दिक आभार व्यक्त्त गर्दछु ।नगर प्रमुख पन्थीले भन्नुभयाे |

“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान !”

Related Articles

Leave a Comment