Home » १ महिने शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा

१ महिने शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा

by newnagarikdiary
0 comment

काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा आयोजना हुने श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा आयोजना हुने स्वस्थानी व्रत तथा शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा भएको जनाईएको हो । शुक्रबार साँखुमा आयोजित एक पत्रकार सम्मेलनमा श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो कुराको जानकारी गराएका छन् । हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमा सम्म आयोजना हुने उक्त मेला यो बर्ष यहि पौष २२ गतेदेखी माघ २२ गतेसम्म आयोजना हुने सो कार्यक्रमका संयोजक एल पि श्रेष्ठले जानकारी दिए ।

शान्तिसुरक्षालाई ख्याल गर्दै शालिनदी परिसर भित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेरा तथा महानगरिय प्रहरी प्रभागबाट बिशेष प्रहरी टोलि समेत परिचालन गरिएको बताईएको छ। हरेक बर्ष सो मेलामा ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटकहरु मेला हेर्न आउने गरेका छ्न।

Related Articles

Leave a Comment