Home » ११ जलविद्युत, ४ माइक्रोफाइनान्स र २ बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

११ जलविद्युत, ४ माइक्रोफाइनान्स र २ बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

by newnagarikdiary
0 comment

आइपिओ निष्कासनका लागि १९ कम्पनीहरु यतिबेला नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्।

११ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा बीमा कम्पनी र २ अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

ती सबै कम्पनीले कुल ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता आइपिओ जारी गर्नका लागि आवेदन दिएका हुन्। यी सबै कम्पनीले जारी गर्न चाहेको आइपिओको कुल मूल्य ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८ सय रुपैयाँ छ।

प्रक्रिया पुरा भएपछि बोर्डले निष्कासनको स्वीकृति दिनेछ। सामान्यतः स्वीकृति दिएको २ महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

अहिले तेह्रथुम पावरको आइपिओ खुलिरहेको छ भने अरु ३ कम्पनीले स्वीकृति पाइसकेका छन्। स्वीकृति पाएका सबै कम्पनीहरु जलविद्युत कम्पनीहरु हुन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपालले आइपिओ जारी गर्नका लागि स्वीकृति पाएका हुन्।

न्यादीको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, साहस उर्जाको एनआइबिएल एस क्यापिटल, र बुद्धभूमिको सिभिल क्यापिटल मार्केट बिक्री प्रवन्धकका रुपमा नियुक्त भएका छन्।

न्यादीले कुल ४० लाख ५० हजार कित्ता, साहस उर्जाले १ करोड ५ लाख कित्ता र बुद्धभूमि हाइड्रोपावरले १२ लाख कित्ता आइपिओ जारी गर्न स्वीकृति पाएको छ।

 पाइपलाइनमा रहेका बीमा कम्पनी 
आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका छन्। यी दुबै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्ने छन्।

रिलायबलले भने प्रिमियम थपेर आइपिओ जारी गर्नका लागि अनुमति मागेको छ। सो कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति मागेको हो। आइएमई लाइफले भने अंकित मूल्य १ सयका दरले नै जारी गर्नेछ।

माइक्रोफाइनान्स कम्पनीहरु 
नेस्डो समृद्ध लघुवित्तले ८ लाख २८ हजार ७५० कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियूक्त गरेको छ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था ८ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियूक्त गरेको छ।

उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ।

अन्य कम्पनीहरु
इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल नियूक्त गरेको छ।

त्यस्तै डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ।

पाइपालाइनमा रहेका जलविद्युत कम्पनीहरु  
सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँँको ९ लाख कित्ता प्राथमिक सेयर जारी गर्न बोर्डमा आवेदन दिएको छ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल छ।

अपर सोलु हाइड्रोले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्न खोजेको छ। यसको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।

दोर्दीखोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।

अपर हेवाखोलाले २० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डसँग स्वीकृति मागेको छ। बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता आइपिओ जारी गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ। थ्रीस्टार हाइड्रोपावरले १२ लाख ३१ हजार २५० कित्ता आइपिओ निष्कासन गर्नका लागि हिमालयन क्यापिटललाई नियूक्त गरेको छ।

विन्ध्यवासिनी हाइड्रोपारवर डेभलपमेन्टले २५ लाख कित्ता आइपिओ निष्कासनका लागि सानिमा क्यापिटल बिक्री प्रवन्धक रहेको छ।

हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता र बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक तोकेका छन्।

ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। यसको बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल रहेके छ।

यी जलविद्युत कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारण दुवैका लागि आइपिओ जारी गर्नेछन्।

Related Articles

Leave a Comment