Home » होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके चयन

होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके चयन

by newnagarikdiary
0 comment

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् ।

चितवनमा भएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन संगठन उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् ।

यस्तै, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन् ।

Related Articles

Leave a Comment