Home » हफ्तादिन देखि न्याय माग्दै शान्तिवाटिका धर्नामा अपाङ्गता भएकाहरू

हफ्तादिन देखि न्याय माग्दै शान्तिवाटिका धर्नामा अपाङ्गता भएकाहरू

by newnagarikdiary
0 comment

गुडविल इन्लाइटमेन्ट फाउण्डेसन–नेपाल ‐जि.ई.एफ–एन) 

गण्डकी प्रदेश, तनहुँ जिल्ला  म्याग्दे गाउँपालिका निबासी पूर्ण अशक्त अपाङ्गता भएका  तनहुँका  जिल्लाका  दिपकप्रसाद भण्डारी  विगत एक सातादेखि पुनः अनिश्चितकालीन धर्नामा छन् ।

भण्डारी १४ वर्षअघि वीरगन्ज—पोखरा रुट चल्ने बस चढेर पोखरादेखि दमौली आउँने क्रममा  सडक दुर्घटनामा परि मेरुदण्डमा  पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) भए देखि  भण्डारी  व्हीलचेयरको सहारामा आफ्नो जीवन चलाउदै आएका छन्। भण्डारीले सडक दुर्घटना पछि जस्तो दु:ख कष्ट भाेगे त्यो दुख अरुले भाेग्न नपराे आफू जस्तो ब्यतिहरुलाई सरकारले  उचित सहयोगकाे ब्यबस्थापन गरियोस्  भन्ने माग सहित उनी गत चैत ६ गतेदेखि काठमाडौंको रत्नपार्कमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म धर्ना बस्दै आएका छन्।
यहि २०८० साल चैत्र ६ गतेदेखि रत्नपार्क काठमाण्डौ स्थित शान्तिबाटिकामा अनिश्चित कालिन धर्नामा बस्नु भएका   दिपकप्रसाद भण्डारी प्रती  यस्  गुडविल इन्लाइटमेन्ट फाउण्डेसन–नेपाल ‐जि.ई.एफ–एन) संस्था  भक्तपुरको गम्भीर ध्यानाकर्षण गर्दैछ  । राज्यबाट कानुनमा व्यवस्था भए बमोजिमको व्यक्तिगत सहयोगी सेवा र उपयुक्त सहायक सामाग्री निःशुल्क र सहज–शुलभ रूपमा उपलब्ध गराउनु पर्ने माग राख्दै मिति २०८० चैत ०६ गतेदेखि रत्नपार्कस्थित शान्तिबाटिकाको फुटपाथमा अनिश्चित कालिन धर्नामा बस्दै आउनुभएको छ। अपाड्डता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ र त्यसलाई कार्यान्वयन गर्न बनेको नियमावली २०७७ ब्यबहारमा लागू गर्न र नागरिकलाई कानुनमा उल्लेख भए बमोजिमको अधिकार सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो। ‘अपाड्डता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७’ को परिच्छेद ३ को नियम ८ को उपनियम १ मा अपांगताको प्रकृति र अवस्थाकोबमोजिम अपांगता भएकालाई आवश्यक पर्ने सहायक सामग्री सरकारले निःशुल्क उपलब्ध गराउने र उपनियम २ मा स्थानीय तहबाट सहज र सरल तरिकाले सहायक सामग्री उपलब्ध गराउन सरकारले व्यवस्था मिलाउने उल्लेख छ। सोही परिच्छेदको नियम ९ मा पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको आवश्यकता अनुसार सरकारले सामुदायिक सहायता सेवा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था छ। सो दफाको उपनियम (१) को (क) मा उनीहरूको आधारभूत आवश्यकता अनुसारका व्यक्तिगत सहयोगी सेवा र (ख) मा दैनिक हेरचाह तथा स्याहार–सेवा स्थानीय तहबाट  उपलब्ध गराउने उल्लेख छ। सरकारले हालसम्म अपाङ्ग भत्ता उपलब्ध गराउँदै आएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सरकारले पूर्ण अपाङ्ग  भएका (क वर्ग अर्थात् रातो रङको अपाङ्ग परिचय पत्र प्राप्त) लाई ३ हजार ९ सय ९० रुपैयाँ र अति अशक्त अपाङ्ग  भएका (ख वर्ग अर्थात् नीलो रङको अपाङ्गता परिचय पत्र प्राप्त) लाई २ हजार १ सय २८ रुपैयाँका दरले मासिक भत्ता उपलब्ध गराउँदै आएको छ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४’ ले आफ्नाे दैनिक क्रियाकलापमा गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुनेलाई पूर्ण अशक्त अपाङ्गता र वैयक्तिक  क्रियाकलापकाे पुर्णरुपमा ध्यानाकर्षण   गर्न  गराउन तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरुको सहयोग लिनुपर्ने अति अशक्त अपाङ्ग  भनेर वर्गीकृत गरिएकाे छ।

विभिन्न प्रकारका पुर्ण अशक्त र अति अशक्त अपाङ्ग  ब्यक्तिहरुले आफुले चाहेको समुदायमा आफुले रोजेको ब्यक्तिगत सहयोगी संग स्वतन्त्र, स्वाबलम्भि र स्वाभिमानका साथ मर्यादित जीवनयापन गर्न पाउने अधिकार स्थापित गराउन नेपाल सरकारसंग मिलि साे  अभियान शुरु गरेको स्मरण गराउन चाहन्छौ। फलस्वरुप २०६९ देखि ०७० मा ब्यक्तिगत सहयोगी सेवा निर्देशिका निर्माण गर्न बजेट बिनियोजन गरि उक्त निर्देशिका बनाइ महिला, बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा २०७१ मा हस्तान्तरण  गरियाे । साेहि  प्रताव पारित  भई  नेपाल सरकारले संसदबाट सन् २००९ डिसेम्बर २७ मा सर्बसम्पन्न अनुमोदन गरेको  अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को धारा १९ र २० को आधारमा बनेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ९ र १८ एवं नियमावली २०७७ को नियम ९ मा व्यवस्था भएका प्राबधानहरू लागू गरियोस भनी दिपक भण्डारीले उठाएका मागहरुप्रति हाम्रो संस्था एकिब्दता जाहेर गर्दछाैं। संविधान प्रदत्त मौलिक हक अन्तर्गत कानूनमा ब्यवस्था भएको अवस्थामा राज्यले कार्यान्वयन गर्नुपर्ने प्रमुख दायित्त्वबाट पन्छिएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन धर्ना एबं आन्दोलन गर्नुपर्ने कुनै पनि लोककल्यणकारी राज्यको लागि शोभनिय बिषय हो भन्ने लाग्दैन। तसर्थ,  नेपाल सरकारले शान्तिपुर्ण यस आन्दोलनलाई नजरअन्दाज गरि बेवास्था गरे ठूलो मूल्य चुकाउनु पर्ने छ भन्ने समेत जानकारी  गराउदछाै। अपाङ्गता भएका ब्यक्ति माथि  प्रहरीको लठ्ठी   प्राहारले  केही  घाइते  तथा डेढ दर्जन  आन्दोलनकारी पक्राउ गरिएकोमा यस्   गुडविल इन्लाइटमेन्ट फाउण्डेसन–नेपाल ‐जि.ई.एफ–एन) सरकारलाई न्यायिक जाँच गरि दाेसिलाई कार्वाही गर्न माग गर्नेछौं ।

सो क्रममा पूर्वअध्यक्ष श्रेष्ठले आन्दोलनकारीमाथि लाठी चलाउन आदेश दिने गृहमन्त्री र लाठी  प्राहार गर्ने  प्रहरीमाथि कारबाही गर्न माग गरेका हुन्। बुधबार निकालिएको जुलुसकाे क्रममा  प्रहरीले   र पूर्वअध्यक्ष भोजराज श्रेष्ठसहित केही घाइते भएका छन्। त्यस्तै प्रहरीले  १८ जना आन्दोलनकारीलाई १८  पक्राउ गरेको छ। पक्राउ पर्नेमा पत्रकारसमेत रहेका छन्। पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक विकास थापा, सदस्यहरु सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, विरुकेयल श्रेष्ठ, बासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गंगा राई, दानबहादुर थिङ रहेका छन्। त्यस्तै पत्रकार शर्मिला विश्वकर्मा, रमेश खड्का, भभिभावकहरु लक्ष्मी बस्नेत, राजन महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी र शरण श्रेष्ठ रहेका छन्। उनीहरुलाई पक्राउ गरी अनामनगर चौकीमा राखिएको छ। अपाङ्गता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन अनसन बस्ने दीपक भण्डारीको जीवन रक्षाका लागि संयुक्त रुपमा रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो। अपाङ्गहरुकाे  प्रदर्शनमा भएको दमनको   बारेमा नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । यसअघि गत आइतबार उनीहरुले काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्याली निकालेका थिए।

सरकारले सुन्ने र देख्ने गरी अपाङ्गता  भएकाले र्याली (फोटोफिचर) शान्ति बाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए।

तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा १६ दिनदेखि अनसनरत छन्। उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका थिए। चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो। सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ऐक्यबद्धता र अपिलमा यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो। तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन बसेका  हुन्। राष्ट्रिय लोकतान्त्रिक   अपाङ्ग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठका अनुसार आइतबार भएको कार्यक्रमबाट पनि सुनुवाइ नभए पछि बुधबार त्यो भन्दा ठूलो र्याली निकालिएको बताए।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ, बौद्धिक अपाङ्गता अभिभावक महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लगायतको एकिबद्ता रहेको छ। अनसनरत दीपक भण्डारीको जीवनरक्षाको माग राखेर आन्दोलन गरिएको श्रेष्ठले बताए। उनले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन्। साथै उक्त मागहरू पुरा गराउनका लागि मानव अधिकारबादी संघसंस्था, अपाङ्गता सम्बन्धी काम गर्ने सम्पूर्ण संस्थाहरु, सामाजिक अभियन्ताहरु, अपाङ्गता भएका ब्यक्तिका परिवारजन, राष्ट्रसेवक कर्मचारीहरु, जनप्रतिनिधिहरु, राजनीतिक दल , अधिकारकर्मीहरु, अपाङ्गता भएका व्यक्तिहरू, नागरिक समाज, पत्रकारहरु, बुद्धिजिवीहरु लगायत सबैमा सहयोगका लागि हार्दिक अपिल गर्दछौ। सुमन पलिखेल अध्यक्ष तथा इन्लाइटमेन्ट फाउण्डेसन–नेपाल ‐जि.ई.एफ–एन) परिवार  भक्तपुर नेपाल ।

Related Articles

Leave a Comment