Home » स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उमेदवारी खारेज

स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उमेदवारी खारेज

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी अायाेगले खारेज गरेको छ ।

डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै शनिबार बसेकाे अायाेगकाे बैटकले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएको थियो ।

विज्ञप्तिमा अनुसार कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा। कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइयो ।’ बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।

Related Articles

Leave a Comment