Home » सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ : प्रधानमान्त्री दाहाल

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ : प्रधानमान्त्री दाहाल

by newnagarikdiary
0 comment

प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा भ्रष्टाचारविरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका हुन्। उनले संवैधानिक निकायको रूपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत् सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भीक ढंगले भ्रष्टाचार र अनियमितताविरूद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।

Related Articles

Leave a Comment