Home » सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

by newnagarikdiary
0 comment

सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार भने सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँ कम भएको थियो। तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको मूल्य १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको थियो । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

Related Articles

Leave a Comment