Home » सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा काँग्रेस र माओवादीको उम्मेद्वार भिडने

सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा काँग्रेस र माओवादीको उम्मेद्वार भिडने

by newnagarikdiary
0 comment

सुदूरपश्चिम प्रदेश सभाले आज सभामुख पाउने भएको छ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

भण्डारीलाई उनको पार्टी माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन रहेको छ । रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ ।

Related Articles

Leave a Comment