Home » सुदूरपश्चिममा माघ २ गते सभामुख चयन गर्ने

सुदूरपश्चिममा माघ २ गते सभामुख चयन गर्ने

by newnagarikdiary
0 comment

सुदूरपश्चिम प्रदेशले सभामुख चयन गर्न माघ २ गतेको समयसिमा तोकेको छ ।

आईतवार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सभामुखका लागि एक भन्दा अधिक उम्मेदवारी परेमा मतदान हुने उनले बताए । प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको उनले जानकारी दिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी७, नेकपा एकीकृत समाजवादी पार्टी४, राप्रपा१ गरेर ६ दलको प्रतिनिधित्व रहेको छ । एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

Related Articles

Leave a Comment