Home » सार्वजनिक यातायात सुधारकाे लागि मन्त्रालयले थाल्याे पहलकदमी

सार्वजनिक यातायात सुधारकाे लागि मन्त्रालयले थाल्याे पहलकदमी

by newnagarikdiary
0 comment

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सुधारकाे पहल थालेकाे छ |

मन्त्रालयले यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । मन्त्री श्रेष्ठले सवारी दुर्घटना,प्रदुषण लगायत अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका छन् ।

सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहरेका छन् ।

कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनेछन् । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डे सदस्यसचिव रहेका छन् ।

Related Articles

Leave a Comment