Home » सार्वजनिक यातायातको भाडादर तोक्दै गण्डकी प्रदेश सरकार

सार्वजनिक यातायातको भाडादर तोक्दै गण्डकी प्रदेश सरकार

by newnagarikdiary
0 comment

पोखरा
सार्वजनिक यातायातको भाडादर तोक्नको लागि गण्डकी प्रदेश सरकारले सिफारिस समिति गठन गरेको छ । शहरी,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा १० सदस्य सिफारिस समिति गठन गरिएको हो ।
संघ सरकारले मात्रै सार्वजनिक यातायातको भाडादर तोक्दै आएता पनि प्रदेश सरकारलाई पनि यातायातसम्बन्धी अधिकार रहेको भन्दै गण्डकी प्रदेश सरकारले भाडादर तोक्न लागेको हो । संघ सरकारले भने यसअघि नै यातायातको भाडामा २८ प्रतिशतले वृद्धि गरिसकेको । गण्डकी प्रदेश सरकारले भाडादर तोक्न आधार सहित सार्वजनिक यातायातको भाडा केही दिनमै सार्वजनिक गर्ने छ । यस अघि बागमती र प्रदेश नम्बर १ ले पनि सार्वजनिक यातायातको भाडादर समायोजन गरेका छन् ।

Related Articles

Leave a Comment