Home » सातै प्रदेशले पाय मुख्यमन्त्री, कुन प्रदेशमा कस्ता मुख्य मन्त्री अाए त !

सातै प्रदेशले पाय मुख्यमन्त्री, कुन प्रदेशमा कस्ता मुख्य मन्त्री अाए त !

by newnagarikdiary
0 comment

बुधबार थप चार प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै मुलुकका सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ |

यसअघि गत पुस २४ गते प्रदेश १ र पुस २५ गते बागमती र गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकी मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसक्नुभएको छ । विहिवार सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा एमालेका लीला गिरी र मधेसमा सरोज यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।

प्रदेश १

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यस अघि नै कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री हुनुभएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आधा आधा कार्यकालको लागि दबाब दिए पनि यस बिषयमा भने सहमति भएको छैन । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेश सांसद्‌को हस्ताक्षर ९समर्थन०सहित मुख्यमन्त्री बन्नुभएको छ । कार्कीले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ साथै, एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बुलाई विना विभागिय मन्त्री बनाईएको छ ।

मधेस प्रदेशः यादवलाई ६३ सांसदको समर्थन

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । जसपाबाट निर्वाचित यादवले बुधबार नै एमाले २३, जनता समाजवादी पार्टी १६, जनमत पार्टी १३, माओवादी केन्द्र ७, राष्ट्रिय प्रजातन्त्र पार्टी १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसदहरु सुरिता साह र अनुरुध सिंहको समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ । १०७ सदस्यीय मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनतम ५४ सांसद आवश्यक पर्छ। यादवले दाबी पेश गर्दा ६३ सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।

संघीय सरकारका साझेदार दलहरुबीच पुस २४ गते भएको सहमति अनुसार यो प्रदेशको सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्नेछन्। पहिलो चरणमा जसपाले पालो पाएको हो। मधेस प्रदेशमा आज मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सरोज यादवले साढे दुई वर्षमा सत्ता हस्तान्तरण गर्नुपर्ने छ । जसपाकाका यादवले सत्ता हस्तान्तरण गरेपछि आधा समय सिके रावतको जनमत पार्टीले मधेस प्रदेशको सरकार चलाउने छ ।
बागमती प्रदेश

अरु प्रदेशमा मुख्यमन्त्रीले नियुक्ति लिइरहँदा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भने विश्वासको मत लिने मिति तय गरिसक्नुभएको छ । पुस २७ मा शपथ लिनुभएका जमकटटले माघ ३ मा प्रदेश सभाबाट विश्वासको मत लिनुहुनेछ । माओवादी केन्द्रका जम्कट्टेलले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित ७० सांसदको समर्थनमा दे मुख्यमन्त्री बन्नुभएको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ५६ सांसदको समर्थन आवश्यक पर्छ। जम्कट्टेल सोही प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। उनी यो प्रदेशका चौंथो मुख्यमन्त्री हुन्। यसअघि यस प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री भईसक्नुभएकव छ ।

गण्डकी प्रदेश

पछिल्लो पाँच वर्ष प्रतिनिधिसभमा सांसद भई काम गरेका एमालेका खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । ‍नेकपा एमालेका खगराज अधिकारीले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र ९दीपक मनाङेको समर्थनसहित मुख्यषमन्त्री बन्नुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ३१ सांसदको समर्थन आवश्यक पर्छ। अधिकारीलाई ३३ सांसदको समर्थन रहेकव हो । संघीय गृहमन्त्री समेत हुनुभएका अधिकारी यसपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभा सदस्यका लागि निर्वाचन लड्नुभएको थियो ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुनभएको छ । ‍लुम्बिनीमा माओवादीले समेत मुख्यमन्त्री दाबी गरेको थियो । संघले पाँचै वर्ष एमालेले सरकार चलाउने सहमति गरेको छ । अहिले सम्म प्रदेशमा माओवादीले आलोपालोको माग गरे पनि त्यसमा सहमति भने भएको छैन । गिरीले एमाले २९, माओवादी केन्द्र १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी ३ लोसपा ३ र स्वतन्त्र सांसद्हरु सुरुल पुन र खड्ग बस्नेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनलाई ५८ सांसदको समर्थन रहेको देखिन्छ। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ४४ सांसदको समर्थन आवश्यक पर्छ।

कर्णाली प्रदेश

पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी भएका माओवादी केन्द्रका रामकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । शर्मालाई माओवादी केन्द्र १३, एमाले १०, राप्रपा १ र एकीकृत समाजवादी १ को समर्थनसहित दाबी पेश गरेका थिए। उनलाई २५ सांसदको समर्थन देखिन्छ। ४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत २१ सांसदको समर्थन आवश्यक पर्छ। यस प्रदेशमा एमाले र माओवादीका प्रदेश नेताहरुले बराबर कार्यकाल आधाआधा सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ । शर्मा कर्णाली प्रदेशका तेस्रा मुख्यमन्त्री हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेश

सात प्रदेश मध्ये सुदूरपश्चिमले समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा आएका सदस्यको नेतृत्व पाएको छ । सुदुपश्चिम प्रदेशको मुख्यमन्त्रीमा र

Related Articles

Leave a Comment