Home » सातादिनमै सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

सातादिनमै सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

by newnagarikdiary
0 comment

नेपाली बजारमा सातादिनमै सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा तोलामा १ हजार ६०० रुपैयाँले सुनको मूल्य बढेको बताएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य यो साता १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो ।

Related Articles

Leave a Comment