Home » सहारा एकेडेमीलाई एनआरएनएद्वारा १ लाख बराबरको सहयोग

सहारा एकेडेमीलाई एनआरएनएद्वारा १ लाख बराबरको सहयोग

by newnagarikdiary
0 comment

बैशाख ६ पोखरा । एनआरएनएले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाख रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङका पूर्व सल्लाहकार समेत रहेका टीका गुरुङबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग गर्दै आएको छ ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुनिल रानामगरले गरेका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराद्वारा संचालित एकेडेमीमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका बालक गरी २६ जना आश्रित छन् ।

Related Articles

Leave a Comment