Home » सरकारबाट बाहिरियो रास्वपा

सरकारबाट बाहिरियो रास्वपा

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रिय कार्यालय बसुन्धरामा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जनाएको छ । नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पनर्टी सभापति लामीछाने पदमुक्त भएका थिए । नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार सम्वाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।

Related Articles

Leave a Comment