Home » सरकारबाट बाहिरियो नेकपा एमाले

सरकारबाट बाहिरियो नेकपा एमाले

by newnagarikdiary
0 comment

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए ।

नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सचिवालय बैठकपश्चात उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । पौडेलले राष्ट्रपति निर्वाचनमा सरकारमा सहभागी दलबीच भएको सहमति माओवादी केन्द्रले तोडेको बताए । उहाँले राष्ट्रपतिको निर्वाचनमा मतभेद कायम रहेपनि देशको परिस्थिति हेरेर सरकारलाई समर्थन दिएर बस्ने एमालेले चाहेपनि प्रधानमन्त्रीको अभिव्यक्तिले बाहिरिनुपरेको बताए ।

Related Articles

Leave a Comment