Home » समाजसेवी टिका गुरुङ्गद्वारा ग्रीन युथ एलाएन्स नेपाल लाइ आर्थिक सहयोग

समाजसेवी टिका गुरुङ्गद्वारा ग्रीन युथ एलाएन्स नेपाल लाइ आर्थिक सहयोग

by newnagarikdiary
0 comment

जेठ २२ पोखरा । विश्व वातावरण दिवसको अवसर पारेर समाजसेवी तथा सफल महिला युवा ब्यबसायी टिका गुरुङ द्वारा पोखरा शहर केन्द्रीत वातावरण सम्बन्धि काम गर्ने सन्स्था ग्रीन युथ एलाइन्स नेपाललाइ प्रन्ध हजार नगद सहयोग गरेकी छन् ।

६ वर्ष पुरानो उक्त सन्स्थाले पोखरा महानगरपालिकासंग मिलेर विद्यालय वातावरण शिक्षा, शहरी योजना आयोग सङ्ग मिलेर नयाँ बजार पोखरा–९ मा सडछेउ वृक्षरोपण यस्तै वडा न। १ र ३ को साध पर्ने तुलसीघाटमा नदीछेउ बृक्षरोपण तथा सम्वन्धित वडासंग मिलेर वडा न। २, ३, ४, ५, ८, १० र ११ मा सडक छेउ वृक्षरोपणको सम्भाव्यता अध्ययन गरिसकेको छ ।

रामघाट सेतीनदी तीरभीर पोखरा–९ छेउका भुस्खलन प्रभावित जनताहरुलाई न्युनतम स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यका साथ बतास फाउण्डेशन तथा गण्डकी मेडिकल कलेजसंग मिलेर वातावरण प्रभावित स्थानीय हरुलाइ स्वास्थ सेवा पनि उपलब्ध गरेको त्यस सन्स्थाका अध्यक्ष राजन श्रेष्ठले बताए ।

विशेष गरेर सहरी क्षेत्रको वातावरणसंग सम्वन्धित रहेर काम गरेको संस्थालाई आर्थिक सहयोग गर्न पाउदा खुःशी लागेको सहयोगी टिका गुरुङ्गले बताइन् ।

Related Articles

Leave a Comment