Home » समाजवादी पार्टी नेपाल र नेकपा एसबिच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु

समाजवादी पार्टी नेपाल र नेकपा एसबिच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु

by newnagarikdiary
0 comment

समाजवादी पार्टी नेपाल र नेकपा एसबिच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु भएको छ ।

मंगलबार पहिलो बैठकबाट एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने सहमति गर्दै कुन मोडालिटीमा पार्टी एकीकरण गर्ने भन्ने विषयले प्रवेश पाएको छ । एकता मोडालिटीको बारेमा आआफ्नो पार्टीमा छलफल गरेर बुधबार वार्ता समितिको बैठक बस्ने भएको छ । सैद्धान्तिक तथा वैचारिक रूपमा दुवै दलको बीचमा भिन्नता छ । एकीकृत समाजवादी पार्टी कम्युनिस्ट विचारधाराको पार्टी हो भने जनता समाजवादी पार्टी समाजवादी विचारधाराको पार्टी हो ।

पार्टी एकीकरण गर्दा दुईजना अध्यक्ष राख्ने कि एकल अध्यक्ष राख्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । एकजना अध्यक्ष मात्र रहने हो भने अध्यक्ष को बन्ने, पार्टीको नाम र चुनाव चिह्न के हुने जस्ता विषयमा अब प्रवेश हुने बताईएको छ ।

Related Articles

Leave a Comment