Home » सभामुख चयनको कार्यतालिका प्रकाशन आज दिउसाे १ देखि ४ बजेसम्म मनाेनयन

सभामुख चयनको कार्यतालिका प्रकाशन आज दिउसाे १ देखि ४ बजेसम्म मनाेनयन

by newnagarikdiary
0 comment

सङ्घीय संसद् सचिवालयले अज दिउसाे १ देखि ४ बजेसम्म प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ।

प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। मनाेनयन दर्ता संगै बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

एक मात्र उम्मेदवार भएकाे अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले उम्मेदवार बनाउने सहमति भएकाे छ । एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ।

Related Articles

Leave a Comment