Home » सभामुख घिमिरे: सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने सिद्धान्तलाई आत्मसाथ गर्छु

सभामुख घिमिरे: सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने सिद्धान्तलाई आत्मसाथ गर्छु

by newnagarikdiary
0 comment

जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’
थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए
नवनिर्वाचित सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने सिद्धान्तलाई निष्पक्ष अभ्यास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पार्नुभएको छ । निर्वाचित भएपछि शनिवार पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताउनुभएको छ । आफू सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता घिमिरेले व्यक्त गरे

प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसदमा तदअनुरुपको अवसर दिलाउन सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित बनाउन आफू सचेत रहेको घिमिरेले बताए । घिमिरेले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related Articles

Leave a Comment