Home » सभामुखकाे उम्मेदवारीकाे विषय टुंगाे लगाउन देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक बस्दै

सभामुखकाे उम्मेदवारीकाे विषय टुंगाे लगाउन देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक बस्दै

by newnagarikdiary
0 comment

सभामुखको उम्मेदवारी विषयमा बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएकाे छ |

सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना रहेकाे छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

Related Articles

Leave a Comment