Home » सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगियो

सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगियो

by newnagarikdiary
0 comment

सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको हो । यसअघि उच्च अदालत पाटनले बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।

Related Articles

Leave a Comment