Home » सत्ता साझेदार दलको आज उच्च स्तरिय संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार दलको आज उच्च स्तरिय संयन्त्रको बैठक बस्दै

by newnagarikdiary
0 comment

सत्ता साझेदार दलको आज उच्च स्तरिय संयन्त्रको बैठक बस्दै आज बस्दैछ ।

राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको स्रोतले बताएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति अनुसार बैठक बस्न लागेको प्रधानमन्त्री सचिवालयले बताएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन ।

एमालेले सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

रास्वपा सरकारबाट बाहिरिएपछि संयन्त्रको बैठक बस्न लागेको यो पहिलोपटक हो ।

Related Articles

Leave a Comment