Home » सडक निर्माण र सकुम्बासी समस्या समाधान गर्छ गिरी

सडक निर्माण र सकुम्बासी समस्या समाधान गर्छ गिरी

by newnagarikdiary
0 comment

पोखरा । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नं १५ मा उम्मेदवारी दिएका अध्यक्ष मिनबहादुर गिरी लगायतका उम्मेदवारहरुले मतदातासंग प्रत्यक्ष भेटी टोलबासीको समस्याका बारेमा छलफलको क्रमलाई तिब्र पारेका छन् ।

स्थानीय निर्वाचनको दिन नजिकिदै गर्दा टोल टोलको मतदाता समक्ष पुगी टोलको विकास र आवश्यकताका बारेमा छलफल गर्नुका साथै आफ्ना एजेण्डाहरु मतदाता सामु प्रस्तुत गरेका थिए ।

‘टोलै पिच्छे फरक फरक समस्याहरु छन् र विकासको आवश्यकता पनि फरक छ’ वडाध्यक्षका उम्मेदवार मिनबहादुर गिरीले भने ‘कुनै टोलमा सडकको समस्या छ भने कुनै टोलमा सुकुम्बासी व्यवस्थापनको समस्या छ ।’ मतदाताको सबै समस्याहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने गिरीले मतदातासंग प्रतिबद्धता समेत जनाए ।

टुटुंगा क्षेत्रमा सुकुम्बासी समस्या छ भने मितेरी टोलतिर सडक निर्माणको आवश्यकता रहेको मतदाताहरु बताउँछन् । मतदाताको आवश्कयता र वडाको विकासमा आफुहरुको प्रतिबद्धता भएका कारण जीत सुनिश्चित रहेको उम्मेदवारहरु बताउँछन् ।

नेपाली काँग्रेसका मिनबहादुर गिरीको नेतृत्वमा सदस्य पदमा नेकपा एसका माया शर्मा, माओवादी केन्द्रका लक्ष्मी परियार र महेश बाँनिया तथा जसपाका नरेश थापा चुनावी मैदानमा छन् ।

Related Articles

Leave a Comment