Home » सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्छ मन्त्री श्रेष्ठ

सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्छ मन्त्री श्रेष्ठ

by newnagarikdiary
0 comment

<img src="https://nagarikdiary.com/wp-content/uploads/2023/01/received_484107067204045-300×166.webp" alt="" width="300" height="166" class="alignnone size-medium wp-image-4604" /उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताउनुभएको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकको अनुगमन गरि जनतालाई महसुश हुने गरि काम गर्न निर्देशन दिनुभएको छ । सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार भैसेपाटी सातदबाटो जावलाखेल क्षेत्रका सडक अनुगमन गर्दै कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताउनुभएको छ । श्रेष्ठले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताउनुभएको छ ।

हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमा नेपाल विद्धुत प्राधिकरण र मेलम्चि खानेपानी आयोजनाको पानी चुहावट हुँदा सडक भासिने खाल्डा पर्ने समस्या व्याप्त देखिएको छ । मन्त्री श्रेष्ठ संगै अनुगमनमा गएका नेपाल विद्धुत प्राधिकरणका प्रतिनिधिले पनि ललितपुरको भैसेपाटीमा बिग्रेको करिब १ किलोमिटर भन्दा धेरै सडक बनाउन नसक्दा त्यहाँका नागरिकले विगत ७ वर्ष देखी सास्ती खेप्दै आएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख ज्ञानेन्द्र कार्कीले खानेपानीको चुहावट धेरै स्थानमा देखिएको र सडक भासिने खाल्डा पर्ने र हिलाम्य हुने अवस्थामा आफूहरु सुधार गर्न लागिरहेको बताउनुभएको छ ।

सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले प्रधानमन्त्री र मन्त्री श्रेष्ठको निर्देशन बमोजिम अबका कामलाई गतिशिल बनाएर अगाडी बढने बताउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम नगरि निरपेक्ष ढंगले काम गर्ने बताउनुभएको छ । प्रधानमन्त्रीको निर्देशन हनुरुप राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग पनि सम्झौता नगर्ने श्रेष्ठले बताउनुभएको छ ।

देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको र सबै किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्ने श्रेष्ठले बताउनुभएको छ । उहाँले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार गर्ने गरि काम गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले देशको सङ्घीय राजधानीमा सडकको यस्तो दुरावस्था हुनु राम्रो नभएको भन्दै सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताउनुभएको छ ।

Related Articles

Leave a Comment