Home » संसदमा रविले भने जनताले दिएको आशाको मतको कदर गर्नेछौं

संसदमा रविले भने जनताले दिएको आशाको मतको कदर गर्नेछौं

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनमतको कदर गर्दै जनताका समस्या सम्बोधन गर्न सरकारका साझा कार्यक्रममा प्रतिबद्ध भएर लाग्ने बताए ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको ब बताए । लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न सरकारो साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्ने बताए । गृहमन्त्री लामिछानेले आफूहरुले छोटो समयमा पाएको मत जनताले दिएको आशाको मत भएको बताउँदै यो मतको सही सदूपयोग गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए छ ।

संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताए ।

Related Articles

Leave a Comment