Home » संसदमा ओली प्रधानमन्त्रीलाई विश्वासको मत ढुक्क चुनौतीको स्मरण गर्न आग्रह

संसदमा ओली प्रधानमन्त्रीलाई विश्वासको मत ढुक्क चुनौतीको स्मरण गर्न आग्रह

by newnagarikdiary
0 comment

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गर्दै जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका छन् ।

ओलीले प्रतिनिधि सभा विघटन प्रतिगमन नभै नयाँ जनादेश माग्न जानु महत्वपूर्ण अवसर भएको बताएका छन् । ओलीले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएर अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हुने बताउँदै ओलिले बताएका छन् ।

ओलीभन्दा अगाडि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि आफूले संविधान जोगाएको बताएपछि ओलीले देउवालाई जवाफ दिएका छन् । ओलिले प्रधानमन्त्रीलाई विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउँदै अबका चुनौतीको स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या धेरै रहेको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए ।

Related Articles

Leave a Comment