Home » शेरबहादुर देउवाले संविधानको रक्षाका खातिर प्रधानमन्त्रीलाई विश्वासको मत दिने

शेरबहादुर देउवाले संविधानको रक्षाका खातिर प्रधानमन्त्रीलाई विश्वासको मत दिने

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका खातिर प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

विश्वासको मत दने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उनले बताए । देउवाले आफ्नो दल सशक्त प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने बताएका छन् ।

देउवाले ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौतीका लागि पनि काँग्रेसले विश्वासको मत प्रचण्डलाई दिने बताएका छन् ।
देउवाले सम्बोधनमा भनेका छन् ।देउवाले प्रतिनिधिसभाको हिजो बैठकमा एमाले अध्यक्ष वर्तमान सत्तासिन नेताको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदारसँग उठाउनु भएको छ । संविधानको पालना र रक्षाका लगि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप संसद पुनस्थापिना गरेको थियो । आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो । वर्तमान प्राधनमन्त्रीले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाका लागि उहाँ उभिनु हुन्छ भन्ने विश्वासको साथ मुलुकका विद्यामान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नुहुन्द्ध भन्ने विश्वासका सात तत्कालका लागि उहाँले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्नेछ । wp-image-4493″ />

Related Articles

Leave a Comment