Home » राष्ट्रपतिमा सके राष्ट्रिय सहमति, नभए प्रतिस्पर्धाबाट जित : शेखर कोईराला

राष्ट्रपतिमा सके राष्ट्रिय सहमति, नभए प्रतिस्पर्धाबाट जित : शेखर कोईराला

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपति सके राष्ट्रिय सहमति नभए प्रतिस्पर्धाबाट जित:शेखर कोईराला
नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले पाउने दावी गरेका छन् ।

सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सके सहमतिमा राष्ट्रपति पद कांग्रेसले लिने नभए जितेर राष्ट्रपति कांग्रेसले जित्ने बताएका छन् ।

डा कोईरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आधिकारिक उम्मेदवार दिने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनबारे बाहिर जे–जस्तो कुरा आएपनि नेपाली कांग्रेसको उम्मेदवारले जित्नेमा आफू ढुक्क भएको उनले दावी गरे ।

डाक्टर कोइरालाले कांग्रेसमा विचार र सिद्धान्त विस्तारै कमजोर हुँदै गएको बताए । कांग्रेसभित्र अवसरबादीहरूको झुन्डले घेर्ने गरेको आरोप उनको छ।

Related Articles

Leave a Comment