Home » विहादीमा अपांगता स्वास्थ्य शिविर बाट ८० जनाले लिए सेवा

विहादीमा अपांगता स्वास्थ्य शिविर बाट ८० जनाले लिए सेवा

by newnagarikdiary
0 comment

१५ असोज, पर्वत । जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिकामा नेपाल हरियो खर्क अस्पताल पोखरा, अपाङ्ग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा विहादी गाउँ पालिकाका ६ वटै वडाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शिविरमा गाउँपालिका भरीका ८० जनाले सेवा लिएका छन् ।

शिविरमा आवश्यकता अनुसार उपचार, फिजियोथेरापी व्हील चियर, बैसाखी, सपोर्ट स्टिक हात र खुट्टाका सपोर्ट सामग्री वितरण गरिएको बिहादी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।

उक्त शिविरमा बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल, उपाध्यक्ष डम्मर कुमारी गुरुङ , बिहादी गाँउपालिका वडा नम्वर २ बर्राचौरका वडा अध्यक्ष ओमप्रसाद कुँवर लागायतले कार्यक्रम सफलताको शुभकामना मन्त्ब्य गरेका थिए ।

Related Articles

Leave a Comment