Home » विमान दुर्घटनामा ज्यान गुमाएका हरुको शव काठमाडौं ल्याईपुर्याईयो

विमान दुर्घटनामा ज्यान गुमाएका हरुको शव काठमाडौं ल्याईपुर्याईयो

by newnagarikdiary
0 comment

आईतबार यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका हरुको शव काठमाडौं ल्याईपुर्याईएको छ

दुर्घटना घटेको ३ दिनको दिन पहिलो चरणमा २५ जनाको शव पोखराबाट काठमाडौँ ल्याइएको छ । पोखराबाट सेनाको एमआई–१७ हेलिकप्टरले शवहरु काठमाडौँ लिएर आएको हो ।

यसअघि महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हेलिकोप्टर अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केिएको थियो । विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमामा पोष्टरमार्टमका लागि शव पुर्याईएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । २४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने क्रम जारी छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो । ७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ । विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

Related Articles

Leave a Comment