Home » विकास विरोधी काङ्ग्रेसले टेण्डरमा गएका सयाैँ याेजना अलपत्र बनायोः भुसाल

विकास विरोधी काङ्ग्रेसले टेण्डरमा गएका सयाैँ याेजना अलपत्र बनायोः भुसाल

by newnagarikdiary
0 comment

नेकपा एमाले प्रदेश कमिटी सदस्य युवा नेता सुन्दर भुसालले नेपाली काङ्ग्रेस विकास विरोधी भएको बताएका छन् । शनिबार नेकपा एमाले विहादी गाउँपालिका कमिटीकाे पहिलो  अधिवेशनलाई सम्बाेधन गर्दै नेता भुसालले केपी ओली नेतृत्वकाे सरकारले अगाडि बढाएका सयाैँ याेजनाहरु काङ्ग्रेस नेतृत्वको वर्तमान सरकारले  स्थगित गरेर जनतालाई धाेका दिएको बताए । धेरै विकासका याेजना अगाडि बढेको थियो, टेण्डरमा गएर निर्माण व्यवसायी सँग समेत सम्झौता गरेर काम अगाडि बढेका याेजनाहरु अहिलेकाे सरकारले काटेर जनता लाई दुःख दिने काम गरेको छ, उनले भने तपाई धेरै टाढा जानुपर्दैन यहीँ वालिङ- डुम्रे भञ्ज्याङ सडकको हालत हेर्नुस्, पिच हुने भयो भन्दा हामी कति खुसी थियौं त्याे खुसी अहिलेकाे सरकारले लुट्याे । मुलुकमा विकास, परिवर्तन र समृद्धि नेकपा एमाले नेतृत्वको सरकार बाट मात्र सम्भव भएको उनले बताए । केपी ओली नेतृत्वको सरकारकाे पाला विकासकाे लहरनै चलेको तर सरकार परिवर्तन भए पछि  अहिले भने विकासका सबै काम राेकिएकाे उनले बताए । मुलुककाे विकासकाे लागि  नेपाली जनताले फेरि एमाले लाई अत्यधिक मत दिई आफ्नो भविष्य सुनिश्चित गर्नुपर्नेमा जाेड दिए ।      विहादी गाउँपालिकाकाे प्रथम अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटी सदस्य द्वय राम बहादुर गिरि, अनिल मास्के र विहादी गा.पा. का अध्यक्ष तथा नेकपा एमाले विहादी गा. पा. का सह-संयाेजक  कमल प्रसाद भुसाल लगाएतले बाेल्नुभएकाे थियो ।

Related Articles

Leave a Comment